५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा निर्वाचित अध्यक्षले लिए शपथ



अ+ अ-

मनाङ । सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएको थियो ।

दुई पालिकामा नेकपा (एमाले) तथा दुई पालिकामा नेपाली कांगे्रसले जित हासिल गरेका हुन् । एमालेबाट निर्वाचित चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले र मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले शपथ लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै कांग्रेसबाट निर्वाचित नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले शपथ लिनुभएको छ । एमाले तथा कांग्रेसबाट निर्वाचित अध्यक्षहरुले फरक–फरक दिनमा शपथ लिएको जनाइएको छ ।

त्यसैगरी पालिका अध्यक्षहरुले शपथ लिएसँगै वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यले पनि बुधबार शपथ लिएका छन् । शपथ लिएसँगै पालिका तथा वडामा कार्यको थालनी गरिएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।




भर्खरै