• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधान सेनापतिले जवाफ दिनुपर्छ: प्रभु साह ★   मधेसका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने ★   स्मृतिमा मदन भण्डारीसँग बितेका पल ★   पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’ ★   सहीदहरूको नाममा कार्यक्रम गरौँ भन्दा एमाले–कांग्रेसका साथीहरु नगरसभा बैठक रोकेर जानुभो – बालेन ★   साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ, नक्कलवादीहरुको चिन्ता लिने कुरा छैन : अध्यक्ष ओली… ★   रोहित सबैभन्दा सफल कप्तान, तोडे बाबर आजमको कीर्तिमान ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता ★   रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती ★   देवघाटमा एक सय ४२ आयोजना सम्पन्न

सिन्धुपाल्चोकको पाँचपोखरीमा तनाव, एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप



सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सा क्षेत्रमा तनाव बढेको छ । मतगणनाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएपछि गुन्सा तनावग्रस्त बनेको हो ।

सो क्षेत्रमा दुवै पक्षबीच कुटाकुट र ढुंगामुढा भएको छ । स्थानीयवासीको अनुरोधमा झडप रोक्न अहिले सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बुधबार मतगणनाका क्रममा तीन वटा मत हराएको र चारवटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएको थियो । त्यसपछि कांग्रेससहितका अन्य दलले पुनः मतगणना गर्नुपर्ने भन्दै मतगणना कार्य रोकेका थिए ।

विवाद बढ्दै गएपछि त्रासका कारण सहायक मतदान अधिकृत र एक गणक त्यहाँबाट सुटुक्क बाहिरिएका थिए । दुवै पक्षबीच वैमनश्य बढेपछि झडपको स्थिति भएको भन्दै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अहिले घटनास्थलमा सुरक्षाकर्मी खटाइएको बताए ।

विवाद बढ्दै गएपछि बुधबार नै प्रजिअ खनाल निर्वाचन अधिकारीको टोली घटनास्थलमा पुगेर विवाद मिलाएको थियो । विवाद मिलाउने क्रममा हराएका तीन वटा मतबारे सहमति कायम गरी पुनः मतगणना गरिएको थियो ।

सो वडामा एमालेका काले गोले १५ मतान्तरले विजयी बनेका छन् । त्यसपछि त्यहाँ तनावको स्थिति उत्पन्न भएको थियो । बिहीबार कांग्रेसका एक कार्यकर्ता मोटरसाइकलमा गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गर्दा उनलाई एमालेको कार्यकर्ताको समूहले बाटो छेकी कुटपिट गरेको र मोटरसाइकलसमेत तोडफोड गरेको कांग्रेसको आरोप छ ।

सोही विषयलाई लिएर झडप भएको हो । कांग्रेसका कार्यकर्ताले पनि त्यसपछि नवनिर्वाचित गोलेको घरमा ढुंगामुढा र तोडफोड गरेका थिए । अहिले सुरक्षाकर्मी परिचालन भएपछि स्थिति केही हदसम्म शान्त बनेको छ ।