६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिज्यूबाट लालमोहर लागिसकेपछि बजेट खुल्छ- अर्थमन्त्री



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विरोधका बाबजुद सरकारले संसदको दुवै सदनबाट बजेट पारित गरेको छ । सरकारले संसदको दुवै सदनबाट बजेट पारित गराएसँगै बजेटको कार्यान्वयन प्रक्रिया सुरु हुने भएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री जनार्दन शर्माले अब राष्ट्रपतिबाट लालमोहर लागेपछि बजेट खुल्ने बताउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाएपछि बजेट आजैदेखि खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘राष्ट्रपतिज्यूबाट यसमा हस्ताक्षर भइसकेपछि, लालमोहर लागिसकेपछि बजेट खुल्छ । सम्भवत्ः आजै खुल्ने सम्भावना छ । सभामुखजीले त्यसलाई प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाउनुहुन्छ । त्यसपछि राष्ट्रपतिले लालमोहर लगाएपछि बजेट खुल्छ ।’

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि विनियोजन भए अनुसार पुँजिगत खर्चलाई समयमै खर्च गर्नेगरी प्राथमिकता दिएर सरकारी संयन्त्रलाई परिचालन गर्ने बताउनुभयो । उहाँले एक, दुई दिनमै सरकार विस्तार गरिने पनि बताउनुभयो ।