२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोडफोड गर्नेलाई कारबाही नगरेकोमा अध्यक्ष ओलीको आपत्ति



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी सङ्गठनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही नगरेकामा आपत्ति जनाउनुभएको छ ।
     
एमालेको काठमाडौँ उपत्यका विशेष प्रदेश कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले निजामती कर्मचारी सङ्गठनको बबरमहलस्थित कार्यालयमा कर्मचारीकै एक समूहले आक्रमण गरेको र सुरक्षाकर्मीले सङ्गठनका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएकामा विरोध गर्नुभयो । 

कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालले नयाँ पार्टी खोलेर कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताउनुभयो । पार्टीका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले विशेष क्षेत्रका कार्यकर्ताले विशेष ढङ्गले काम गरेर भूगोलको राजनीतिक कामलाई पनि सघाउनुपर्ने बताउनुभयो ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यले पार्टीको भूगोल कमिटीमा प्रत्यक्ष आबद्ध भएर काम गर्न नमिल्ने, कामको प्रकृतिको हिसाबले उपत्यकामा अनेकौँ काम विशेषका कारणले आफ्नो जन्मथलोबाट उपत्यका आएर बसेका सामुदायिक, पेशागत तथा सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिलाई देशको राज्यको मूल प्रवाहमा ल्याउने र आफ्नो सीप, अनुभव, विज्ञता, योग्यता र क्षमतालाई राष्ट्र निर्माण र जनताको सेवामा समर्पित गर्दै काम गरेका व्यक्तित्वलाई सङ्गठित गरिएको जानकारी दिनुभयो ।