२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.76

Wind: 1.54

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य ९०० ले घट्यो



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।