६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको नवराजपुरमा अध्यक्ष र उपाध्यक्षमा जसपा



अ+ अ-

लहान । सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा जसपाका शिवउदगार यादव चार हजार ५५४ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले दुई हजार ५२५ मत ल्याउनुभएको निर्वाचन अधिकृत दिनेशकुमार न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा जसपाकै पुनम यादव चार हजार ३१८ मतसहित निर्वाचित हुँदा कांग्रेसका शोभाकुमारी यादवले दुई हजार ३८५ मत प्राप्त गर्नुभयो । यसैगरी सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका सत्यनारायण यादव दुई हजार १५८ मतसहित विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा जसपाका गीतादेवी सिंह दुई हजार २७२ मत ल्याएर विजयी हुदाँ उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्रकला कुमारी यादवले एक हजार ९६९ मत ल्याउनुभयो ।