२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको नवराजपुरमा अध्यक्ष र उपाध्यक्षमा जसपा



अ+ अ-

लहान । सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा जसपाका शिवउदगार यादव चार हजार ५५४ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले दुई हजार ५२५ मत ल्याउनुभएको निर्वाचन अधिकृत दिनेशकुमार न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा जसपाकै पुनम यादव चार हजार ३१८ मतसहित निर्वाचित हुँदा कांग्रेसका शोभाकुमारी यादवले दुई हजार ३८५ मत प्राप्त गर्नुभयो । यसैगरी सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका सत्यनारायण यादव दुई हजार १५८ मतसहित विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा जसपाका गीतादेवी सिंह दुई हजार २७२ मत ल्याएर विजयी हुदाँ उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्रकला कुमारी यादवले एक हजार ९६९ मत ल्याउनुभयो ।