२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी निकासी रोक्न प्रहरी सक्रिय



अ+ अ-

जाजरकोट । गत आर्थिक वर्षको माघ ९ गतेदेखि हालसम्म प्रहरीले भारी मात्रामा सवारी साधन बरामद गरी सवारी धनीलाई बुझाएको छ ।

चोरी निकासी गरी लुकाइछिपाइ राखेका मोटरसाइकलदेखि जीपसम्मका सवारी साधन बरामद गरी प्रहरीले सवारीधनीलाई बुझाएको हो । जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएलगत्तै प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले एकवर्षे चोरीपैठारी नियन्त्रणका लागि कार्ययोजना बनाई काम सुरु गर्नुभएको थियो ।

वर्ष दिन नपुग्दै आठ महिनाको अवधिमा थापा नेतृत्वको टोलीले ठूलो सफलता प्राप्त गरेको छ । मोटरसाइल ३८ र एक जीप बरामद गरी रु एक करोड २० लाख मूल्य बराबरका सवारी साधन बरामद गरिएको छ । चोरी पैठारी गरिएकामध्ये एक जीप र आठ मोटरसाइकल कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको छ । 

त्यस्तै १२ चोरीका  मोटरसाइल सम्बन्धित धनीलाई बुझाएको प्रहरीले बताएको छ । चार मोटरसाइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया चलिरहेको छ । चौध मोटरसाइलबारे प्रहरीले आन्तरिक अनुसन्धान जारी राखेको छ ।

भेरी करिडोर र मध्यपहाडी लोकमार्गको सडक जाजरकोट भएर जाने भएकाले यहाँ चोरी पैठारी गरेर सवारी साधन ल्याई लुकाउने क्रम बढेसँगै प्रहरीले निगरानी बढाएको थियो । सवारी चालक अनुमतिपत्र नभएका, मापदण्डविपरीत सवारी चलाउनेलाई समेत कारबाही गरिएको छ । सादा पोशाकमा प्रहरी परिचालन गरी जनताको जीउधनको सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले बताएको छ । संरक्षित जनावर रेडपाण्डालगायतका जङ्गली जनावारको तस्करी गरी बिक्री वितरण गर्ने गिरोहविरुद्धमा प्रहरी आक्रमकरूपमा लागेको छ ।

लागुऔषध नियन्त्रणमा समेत प्रहरीको सक्रियता देखिएको छ । झुट्टा मुद्दा लगाउने, रकम असुल्नका लागि गरिने सबैखालका गलत क्रियाकलापप्रतिसमेत प्रहरी सचेत भएर लागेको थापाले बताउनुभयो । गुनासो आउनबित्तिकै प्रहरी परिचालन गरी गुनासो सम्बोधन भएको उहाँले बताउनुभयो । छिमेकी जिल्लाका सुरक्षा अधिकारीसँग सहकार्य गरी बदमासी गर्नेविरुद्ध व्यापकरूपमा खटिएको प्रहरीको भनाइ छ ।