काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य बढेको छ । शुक्रबार तोलामा ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बिहिबार प्रतितोला ८९ हजार ६०० मा कारोबार हुँदा शुक्रबार भने बढेर तोलामा ८९ हजार ९०० तोकिएको छ ।
महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबार प्रतितोला रु १० ले बढेको छ । चाँदी बिहिबार प्रतितोला रु एक हजार १५५ तोकिएको थियो भने आज एक हजार १६० कायम गरिएको छ ।