३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन–आश्रित स्मृति दिवस : लोकतान्त्रिक शक्तिबीच अझै एकता आवश्यक



अ+ अ-

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज ‘आश्रित’ को रहस्यमय जीप दुर्घटनामा परी भएको निधनको घटनाले नेपालको कम्युनिष्ट आन्दोलनलाई मात्र नभई लोकतान्त्रिक आन्दोलनलाई धेरै पछाडि धकेलिदिएको बताएको छ ।

फाउन्डेसनका सचिव पेम्बा लामाले मंगलबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यद्यपि जननेता भण्डारी र कुशल संगठक आश्रितको योगदानको फलस्वरुप नेपाली जनताले समाजवादउन्मुख संविधान प्राप्त गर्न सफल भएको बताउनुभएको छ ।

नेपाली भूमिमा कम्युनिष्ट तथा लोकतान्त्रिक शक्तिहरुले राज्य सञ्चालन गर्ने अवसरहरु प्राप्त गरेको भएको पनि अझै लोकतान्त्रिक शक्तिहरु विरुद्ध षड्यन्त्रको शृंखला चलिरहेकाले आज पनि लोकतान्त्रिक शक्तिहरुबीचको एकता आवश्यक भएको फाउन्डेसनले उल्लेख गरेको छ ।

जननेता भण्डारी र कुशल संगठक आश्रितको स्मृति दिवसको सन्दर्भमा उहाँहरुलाई सम्झिरहँदा देश र जनताको हितलाई सर्वोपरी मानेर समृद्ध नेपाल, सुखी नेपालीको ध्येय प्राप्त गर्न एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता टड्कारो देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जननेता भण्डारी र आश्रितको रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो । सो घटनाको रहस्य अझै पत्ता लाग्न सकेको छैन ।