१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केटाकेटीलाई कौसीमा एक्लै चंगा उडाउन नछोड्नु’- प्रहरी



अ+ अ-

काठमाण्डौ । हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैंतिहारमा अभिभावकहरुले आफ्ना केटाकेटीलाई चंगा उडाउन कौसीमा एक्लै छोड्दा लडेर घाइते हुने गरेकोले केटाकेटीलाई एक्लै चंगा उडाउन नछोड्न प्रहरीले अभिभावकहरुसंग अनुरोध गरेको छ ।  

नेपाल प्रहरीले दशैंतिहार जस्ता चाडपर्व लक्षित सुरक्षा जनचेतना कार्यक्रम अघि सार्दै अन्य समयमा भन्दा चाडपर्वमा चोरीका घटना बढी हुने गरेको र चंगा उडाउँदा साना केटाकेटी कौसीबाट लडेर मृत्यु र घाइते हुने गरेकोले अभिभावकहरु यसबारे चनाखो हुनुपर्ने जनाएको छ ।

यसै सन्दर्भमा सामुदायीक सेवा समिति र सामुदायीक प्रहरी सेवा नयाँ बानेश्वर द्वारा शुक्रबार नयाँबानेश्वरमा चाडपर्व लक्षित सुरक्षा जनचेतना कार्यक्रम आयोजना गर्योे । बागमती प्रदेशका सभासद एवम् नपाली कांग्रेसका युवा नेता दिपेन्द्र श्रेष्ठले उद्घाटन गरेको उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि मिम बहादुर लामा, काठमाण्डौ महानगरपालिका वडा नं १० का अध्यक्ष रामकुमार केसी तथा सामुदायीक प्रहरी सेवा नयाँ बानेश्वरका प्रहरी हवल्दार ताराराम दयालले स्थानीय वासिन्दालाई सुरक्षित भएर चाडपर्व मनाउन अनुरोध गरेका थिए । 

सामुदायीक सेवा समितिका महासचिव अशोक थापा,थर्ड आई युथ क्लवका अध्यक्ष सुरेश थापा लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधि एवम् सामाजिक कार्यकर्ताहरुको सहभागितामा भएको उक्त जनचेतनामूलक र्यालीका सहभागीहरुले  नयाँ बानेश्वरको लाखेचौरदेखि भित्री टोल हुँदै वटुवा र स्थानीय वासिन्दालाई सुरक्षा सन्देशसहितको पर्चा वितरण गरेको थियो ।