• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   बाफलमा आगलागी: तीन जनाको अवस्था गम्भिर ★   ४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर ★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी ★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ ★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि… ★   रायोको साग बेचेर लाख आम्दानी ★   कैलालीका थारु समुुदायमा भजहरको रौनक ★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो ★   काठमाडौँको वायु अझै अस्वस्थ

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ को मृत्यु



सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायतामा देखिएको यो संक्रमण पहिलेको भन्दा कम भए पनि उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन ।यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७८ लाख ३० हजार मानिसमा कोभिडको संक्रमण पुगेको समाचारमा जनाइएको छ ।

यहाँ करिब दुई हप्ता अघिसम्म दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएको छ ।संक्रमणबाट पछिल्लो पटक २७ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २३ हजार ७२५ जनाको ज्यान गएको बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।