२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा गठबन्धनको अग्रता कायमै



अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिनुभएको छ ।

अहिलेसम्म गणना भएको १९ हजार ५०० मतमध्ये गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गिरिले आठ हजार ८३० मत ल्याई अग्रस्थानमा रहनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमबहादुर राउतले सात हजार १५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले राससलाई जानकारी दिनुभयो ।

यस्तै, उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका वसन्ती श्रेष्ठले आठ हजार १२८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले दुई हजार ८९ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म चन्द्रागिरिका सातवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । अहिले चन्द्रागिरिमा वडा नं ८, ९ र १० को मतगणना भइरहेको छ । कूल मतगणना भएका मतमध्ये नगरप्रमुखमा एक हजार ९४९ र उपप्रमुखमा पाँच हजार ६१६ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

कूल ४७ हजार २६४ मतदाता रहेको चन्द्रागिरिमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो ।