२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित



अ+ अ-

मकवानपुर । मकवानपुरको तीनवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित हुनुभएको छ भने भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेस सञ्जीव श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यस्तै कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका लोक मुक्तान र उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल निर्वाचित हुनुभएको हो । इन्द्रसरोवरमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित पाँच वटामध्ये दुई वटावडामा नेतृत्व गरेको छ, भने भीमफेदी गाउँपालिकामा अध्यक्षसहित ९ वटामध्ये ५ वडामा नेतृत्व गरेको छ ।

भीमफेदीको उपाध्यक्षमा गठबन्धनका कांग्रेस र माओवादीले क्रमश ३ र १ नं वडामा नेतृत्व हात पारेको छ । कैलाश गाउँपालिकामा भने अध्यक्ष तथा उपाध्यक्ष गठबन्धनले जित्दा पाँच वडामा नेपाली कांग्रेस विजयी भएको छ भने नेकपा एमाले र माओवादी केन्द्र क्रमशः ४ र १ वडामा विजयी भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले अब मकवानपुरगढी गाउँपालिकाको ८ वडामध्ये दुईवटा वडा मात्रै गन्न बाँकी रहेको र मनहरी, बकैया र राख्सिराङ गाउँपालिकाको अन्तिम परिणाम आजै रातिसम्म आउने जनाएको छ । मनहरि, बकैया र बागमती गाउँपालिकाको पनि मतगणना जारी रहेको छ । थाहा नगरपालिकाको आठ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकासहित पाँच वटा गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ ।

हेटौँडा उपमहानगरपालिकाको चारवटा वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । वडा नं १ मा गठबन्धनका सविन न्यौपाने, २ मा पनि गठबन्धनकै विष्णु गोपाल महर्जन निर्वाचित हुनुभएको छ भने १८ नम्बरमा एमालेका अनिल बानियाँ र १९ नम्बरमा पनि एमालेकै नरनाथ सुवेदी निर्वाचित हुनुभएको छ ।

कूल १९ वटा वडा रहेको हेटौँडामा चारवटा वडाको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख तथा उपप्रमुखका उम्मेदवार हुनुभएकाद्वय मीना लामा र राजेश बानियाँले अग्रता कायमै राख्नुभएको छ । मतगणना जारी रहेको जनाइएको छ ।