५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा बाबुरामको ट्वीटः जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्



बाबुराम भट्टराइ ( फाइल फोटो)
अ+ अ-

काठमाडाैंः जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेसम्मको मतदानको प्रवृत्तिबाट जनता स्थापित दलहरुबाट सन्तुष्ट नरहेको प्रतिक्रिया दिनु भएको छ ।

काठमाडौं समेतका कतिपय स्थानमा स्वतन्त्र व्यक्तिहरुले जित हासिल वा अग्रता लिइरहेको तर्फ संकेत गर्दै उहाँले आज गर्नु भएको ट्वीटमा भन्नु भएको छ, ‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्नसकिन्छ – जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् ।’

उहाँले अगाडि भन्नु भएको छ, ‘नो भोटको प्राबधान नहुँदा र सत्तामा शून्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् । दुःखद कुरा विकल्प पनि छैन ।’

देशभर मतगणनाको कार्य जारी छ । यद्यपी दलहरूकै प्रतिनिधिहरूले अधिकांश स्थानमा विजय हासिल गरिरहेका छन् ।