काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
परिषद्को कामप्रति सरकार असन्तुष्ट रहेपछि पदाधिकारीहरुले सामूहिक राजीनामा दिएको बताइएको छ ।
परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्ने परिषदमा १० जना पदाधिकारी छन् । उनीहरु सबै जना केपी ओली नेतृत्वको सरकारमा नियुक्त भएका थिए ।
पदाधिकारीहरुमा उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यसचिव पुष्कर खाती, बोर्ड सदस्यहरु नानीमैया नेपाल, गोविन्दबहादुर शाही, सुशिल ज्ञवाली, बर्मा दोज गुरुङ, मनिराम बन्जाडे, सञ्जय कुमार शाह रहेका छन् ।










