३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको भिमाद नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार सुवेदीले ८ हजार १२८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ५८५७ मत ल्याए ।

त्यस्तै, उपमेरमा खनाल ७ हजार ६६७ मतसहित विजयी भइन्। उनी दोस्रो कार्यकालका लागि उपमेयरमा चुनिएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत प्राप्त गरे । भिमादमा कांग्रेस र समाजवादीले गठबन्धन गरेर चुनाव लडेका थिए ।

वडा रहेको भिमादमा पाँच वडा एमालेले जितेको छ भने चार वडा कांग्रेसले जित्यो । भिमाद २,३,७,८,९ वडामा एमाले विजयी बन्दा १,४,५,६ मा कांग्रेस विजयी बनेको हो ।

कांग्रेसले जितेको १ र ६ वडामा वडाअध्यक्ष मात्रै कांग्रेसले जित्दा अन्य सदस्य भने एमालेका उम्मेदवार विजयी बने । एमाले भने जितेका वडामा सबै प्यानलैसहित विजयी बन्यो ।