११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको भिमाद नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार सुवेदीले ८ हजार १२८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ५८५७ मत ल्याए ।

त्यस्तै, उपमेरमा खनाल ७ हजार ६६७ मतसहित विजयी भइन्। उनी दोस्रो कार्यकालका लागि उपमेयरमा चुनिएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत प्राप्त गरे । भिमादमा कांग्रेस र समाजवादीले गठबन्धन गरेर चुनाव लडेका थिए ।

वडा रहेको भिमादमा पाँच वडा एमालेले जितेको छ भने चार वडा कांग्रेसले जित्यो । भिमाद २,३,७,८,९ वडामा एमाले विजयी बन्दा १,४,५,६ मा कांग्रेस विजयी बनेको हो ।

कांग्रेसले जितेको १ र ६ वडामा वडाअध्यक्ष मात्रै कांग्रेसले जित्दा अन्य सदस्य भने एमालेका उम्मेदवार विजयी बने । एमाले भने जितेका वडामा सबै प्यानलैसहित विजयी बन्यो ।