७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीको अन्नपूर्णमा एमाले विजयी



अ+ अ-

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।

नव निर्वाचित केसीले छ हजार ७२२ मत ल्याउँदा कुँवरले पाँच हजार ९५९ मत प्राप्त गर्नुभयो । विसं २०७४ को निर्वाचनमा केसी निर्वतमान गाउँपालिका अध्यक्ष कुँवरसँग पराजित हुनुभएको थियो ।

उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी देवकोटाले छ हजार ६०८ मतसहित विजयी भएकी हुनुभयो । उहाँका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका खेमकुमारी गुरूङले छ हजार १४ मत प्राप्त गर्नुभयो । अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा एमाले र २, ४, ५, ८ र १० मा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

जिल्लाका पाँच स्थानीय तहमध्ये हालसम्म तीन पालिकाको अन्तिम मत परिणाम आइसकेको छ । अन्नपूर्ण र रुपा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ ।

कांग्रेस माछापुच्छ्रे अध्यक्ष र उपाध्यक्षसहित सात वडाध्यक्षमा विजयी भएको छ । पोखरा महानगरपालिका र मादी गाउँपालिकाको मतगणना जारी छ । मादीमा कांग्रेस र पोखरामा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)ले अग्रता लिएको छ ।