२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरको मतगणना स्थगित



अ+ अ-

भरतपुर महानगरपालिकामा झन्डै एक घन्टा अघिदेखि मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर, बदर मतमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सर्वपक्षीय बैठक बसेर मत गणना पुनः सुरु गर्ने तयारी भइरहेको छ ।

मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि आइतबार पनि भरतपुर मतगणना स्थगित भएको थियो ।

पछिल्लो परिणामअनुसार यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल ५,३८२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ५ हजार ३६७ मत ल्याएर दाहाललाई पछ्याइरहनु भएको छ ।

दुवै उम्मेदवारबीच यस पटक पनि अत्यन्त झिनो मतान्तर रहेकाले पनि भरतपुर महानगरको मतगणनालाई निकै संवेदनशील मानिएको छ ।