५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरको मतगणना स्थगित



अ+ अ-

भरतपुर महानगरपालिकामा झन्डै एक घन्टा अघिदेखि मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर, बदर मतमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सर्वपक्षीय बैठक बसेर मत गणना पुनः सुरु गर्ने तयारी भइरहेको छ ।

मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि आइतबार पनि भरतपुर मतगणना स्थगित भएको थियो ।

पछिल्लो परिणामअनुसार यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल ५,३८२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ५ हजार ३६७ मत ल्याएर दाहाललाई पछ्याइरहनु भएको छ ।

दुवै उम्मेदवारबीच यस पटक पनि अत्यन्त झिनो मतान्तर रहेकाले पनि भरतपुर महानगरको मतगणनालाई निकै संवेदनशील मानिएको छ ।