२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरमा नेपाली कांग्रेसको जित, एमालेको नराम्रो हार



अ+ अ-

बामपन्थी राजनीतिको गढ मानिएको कीर्तिपुर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट विजयी भएका छन् । नेकपा एमालेले भने यहाँ दुई महिला सदस्य मात्र निर्वाचित गराउन सफल भएको छ ।

२०७४ सालको स्थानीय चुनावमा एमालेले प्रमुख, उपप्रमुख, ७ वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी मतान्तरले हराउनु भएको थियो ।

यो पटक कांग्रेसले राजकुमारलाई नै उम्मेदवार बनाएको थियो । एमालेले निवर्तमान नगर प्रमुख रमेश महर्जनको साटो केशरत्न बज्राचार्यलाई उम्मेदवार बनाएको थियो ।

कांग्रेसले अहिले नगर प्रमुख, उपप्रमुख, १० मध्ये ९ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ । अन्यत्र गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कीर्तिपुरमा कांग्रेससँग प्रतिस्पर्धामा थियो ।

नकर्मी ९ हजार ४३ मतका साथ प्रमुखमा निर्वाचित हुनु भएको छ । एमालेका बज्राचार्यले ५ हजार ५०७ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा पनि कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित हुनुभयो । उहाँले ८ हजार ६६५ मत ल्याउनु भएको थियो जबकी उहाँकी प्रतिस्पधी एमालेकी उम्मेदवार विन्दु महर्जनले ७ हजार २०६ मत प्राप्त गर्नु भयो ।

माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार बनेका शिवशरण महर्जनले ४ हजार ९० र उपप्रमुखका उम्मेदवार सुशीला बस्नेतले २ हजार २४० तथा एकीकृत समाजवादीका प्रमुखका उम्मेदवार वटुकृष्ण थापाले १ हजार १५३ तथा उपप्रमुखकी उम्मेदवार कमला महर्जनले ८७२ मत प्राप्त गर्नुभयो ।

काठमाडौंकै दक्षिणकाली नगरपालिकामा पनि नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा जित दर्ता गरेको छ ।