काठमाडौं । नेपाल बार एशोसियनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएपछि प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ स्थगित हुन पुगेको छ ।
न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकापछि आज सुनुवाइ हुन सकेन ।
यद्यपि एमिकस क्युरी पठाउन आदेश भएको सर्वोच्च प्रशासनले बताएको छ ।