• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

काठमाडौं महानगरपालिका: बालेन ७७७१, स्थापित ४११३



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार साह ३६५८ मतले एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा अग्रस्थानमा हुनुहुन्छ ।

स्थापितले हालसम्म ४११३ मत मात्रै प्राप्त गर्नुभएको छ । यता सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ३५७३ मत प्राप्त भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ६३४६ मत ल्याई अग्रता कायम गर्नु भएको छ ।

सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले १६९० मत ल्याउनु भएको छ । त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले १३४५ मत प्राप्त गर्नु भएको छ ।