२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान विजयी



अ+ अ-

ललितपुर । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ ।

अध्यक्षमा लामाले तीन हजार १०४ मत ल्याएर विजयी हुनुभएको हो । लामाका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङतानले दुई हजार ५०९ मत ल्याउनुभएको छ ।

गाउँपालिकाका पाँच वडामध्ये दुईमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र एकमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नम्बर २ सङ्खुमा एमालेका रोहन लामा, वडा नम्बर ३ दलचोकीमा नेपाली कांग्रेसका तिलक बोम्जन र वडा नम्बर ४ नल्लुमा कांग्रेसका तीर्थ घलान र वडा नम्बर ५ मा माओवादी केन्द्रका विजय तामाङ विजयी हुनुभयो ।