५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित



इन्द्रसरोवर गाउँपालिकाका निर्वाचित अध्यक्ष र उपाध्यक्ष ।
अ+ अ-

हेटौंडाः मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । प्राप्त मतगणना विवरण अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी निर्वाचित हुनु भएको हो ।

पुडासैनी ३ हजार ७२२ मतका साथ अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वलाल लामाले मत ३ हजार ४७२ मत ल्याउनु भएको छ । पुडासैनीले लामालाई २५० मतान्तरले पराजित गर्नु भएको हो ।

उपाध्यक्षमा एमालेकै उमाकुमारी लामा ३ हजार ७२५ मतले निर्वाचित हुनु भएको छ । उहाँका निकट प्रतिस्पर्धी कांग्रेसका निर्मला लामाले ३ हजार ६६५ मत प्राप्त गर्नु भएको थियो ।

यसअघि भीमफेदी गाउँपालिकाको अध्यक्षमा पनि एमालेकी हिदम लामा निर्वाचित हुनु भएको छ ।