७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी
अ+ अ-

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा महेन्द्रबहादुर खड्का विजयी भएका हुन् ।

अध्यक्ष पदमा लावतीले नेकपा (एमाले)का भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत तथा उपाध्यक्षमा खड्का एमालेकै सीता आचार्यलाई २३ मतले पराजित गरेका हुन् । निर्वाचनको विस्तृत मतपरिणाम आउन बाँकी छ ।

कुम्मायकको वडा नं १ मा जसपा र वडा नं २ मा नेकपा (एकीकृत समाजवादी)ले वडाध्यक्ष जितेका छन् । बाँकी तीन वडामा एमालेले वडाध्यक्षसहित प्यानलमै विजय हाँसिल गरेको छ ।

पाँचथरमा २६ वडामा मतगणना सम्पन्न

आठ स्थानीय तह र ६० वडा रहेको जिल्लामा आइतबार बेलुकी सम्ममा २६ वडाको मतगणना सम्पन्न भएको छ । यस्तै जिल्लाको कुम्मायक गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ ।

मतगणनाबाट प्राप्त परिणामअनुसार हालसम्म जिल्लामा नौ वडामा विजय हासिल गर्दै एमाले अग्रस्थानमा छ भने कांग्रेसले हालसम्म सात वडामा विजय हासिल गरेको छ । माओवादीले हालसम्म पाँच वडामा विजय हासिल गरेको छ । यस्तै एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक वडामा विजय हासिल गरेका छन् । जिल्लाका दुई वडामा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

याङवरक गाउँपालिकाको वडा वडा नं १ एमालेका राजेन्द्र खालिङ राईको प्यानल विजयी भएको छ भने वडा नं २ मा गठबन्धनको कांग्रेसका देउकुमार योङहाङको प्यानल विजयी भएको छ ।

हिलिहाङ गाउँपालिका वडा नं १ मा गठबन्धनको कांग्रेसका सन्तोष लिङदेनको प्यानल, वडा नं २ मा एमालेका भीमप्रसाद हेम्ब्याको प्यानल, वडा नं ३ मा एमालेका वीरेन्द्रकुमार योङहाङको प्यानल र वडा नं ४ मा गठबन्धनको एकीकृत समाजवादीका धनपति गिरीको प्यानल विजयी भएको छ ।

फालेलुङ गाउँपालिकाको वडा नं १ मा स्वतन्त्र उम्मेद्वार टेकबहादुर गुरागाईं र उहाँको प्यानलका तीन सदस्य विजयी भएका छन् । फालेलुङको वडा नं ६ गठबन्धनको कांग्रेसका अमरवीर राईको प्यानल, वडा नं ७ मा कांग्रेसकै टेकबहादुर केरुङको प्यानल र वडा नं ८ मा गठबन्धनको माओवादी केन्द्रका श्रीहाङ केरुङको प्यानल विजयी भएको छ ।

फिदिम नगरपालिकाको वडा नं १ मा एमालेका गजाधर भट्टराईको प्यानल तथा वडा नं २ मा दीननाथ अधिकारी सहित तीन सदस्य विजयी भएका छन् । फिदिमकै वडा नं १३ मा गठबन्धनका माओवादीका दिलकुमार नेम्वाङ र वडा नं १४ राजकुमार नेम्वाङको प्यानल विजयी भएको छ ।

कुम्मायक गाउँपालिकाको वडा नं १ मा गठबन्धनको जसपाका देवेन्द्रकुमार लाओती, वडा नं २ मा गठबन्धनकै बालकृष्ण शेर्माको प्यानल विजयी भएको छ । कुम्मायक वडा नं ३ मा एमालेका बावुराम कार्की र वडा नं ४ मा फगेन्द्रकुमार सम्बाहाम्फेको प्यानलले विजय हासिल गरेको छ ।

तुम्बेवा गाउँपालिका वडा नं १ गठबन्धनको माओवादी केन्द्रका धनबहादुर कार्की विजयी हुँदा तीन जना सदस्य एमालेका विजयी भएका छन् । तुम्बेवा वडा नं २ मा एमालेका धनकुमार लावतीसहित तीन सदस्य एमालेबाट विजयी भएका छन् ।

फाल्गुनन्द गाउँपालिकाका हालसम्म तीन वडामा मतणना सम्पन्न हुँदा तीन वटामै गठबन्धनको कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं। १ मा होमप्रसाद आङदेम्बे, वडा नं २ मा सन्तोष नेम्वाङ र वडा नं ३ मा सुखवीर नेम्वाङको प्यानल विजयी भएका छन् ।

मिक्लाजुङ गाउँपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे विजयी हुँदा चार जना सदस्य गठबन्धनले जितेको छ । मिक्लाजुङको वडा नं ७ मा गठबन्धनको माओवादी केन्द्रका हेमचन्द्र रेग्मी र वडा नं ८ मा एमालेका रामेश्वर वाजीको प्यानल विजयी भएका छन् । बाँकी वडामा मतगणना जारी छ ।