५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणना सकिँदा रुख अगाडि, घोषणा गर्दा छाताको जीत !



अ+ अ-

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. १ मा मतगणना प्रतिनिधी र कर्मचारीको विवरण फरक परेको भन्द काँग्रेसका उम्मेदवार जंगबहादुर यादव पक्षले पुनः मतगणनाको माग गरेका छन् ।

शनिबार बेलुका सम्पन्न मतगणनाको वास्तविक तथ्यांक फेरबदल गरी कर्मचारीले जितेको उम्मेदवारलाई १ मतले पराजित घोषणा गरेको भन्दै पुन मतगणनाको माग गरिएको हो ।

काँग्रेसका तर्फबाट मतगणनामा बसेका प्रतिनिधि दिलीप यादवका अनुसार मतगणना सकिँदा जनता समाजवादीका उम्मेदवार बाबुराम गडरियाको ९८७ मत र काँग्रेसका जंगबहादुर यादवको ९८८ मत थियो । सोही अनुसार काँग्रेस उम्मेदवार विजयी भएको भन्दै विजय जुलुसको तयारी समेत गरियो ।
तर केहीबेरपछि मतगणनामा खटिएका कर्मचारीले कम्युटर प्रिण्ट गरेको कागजमा गडरियाको ९९२ र यादवको ९९१ मत रहेको विवरण सार्वजनिक गरे । त्यसपछि भने विजेता भनेर विजयजुलुसको तयारी गरेका काँग्रेस कार्यकर्ता निराश भए ।

कर्मचारीले प्रिण्ट गर्ने बेला झुटो तथ्यांक राखेर प्रिष्ट गरेको काँग्रेस पक्षको आरोप छ । ‘पहिला ९८७ र ९८८ मत कर्मचारीले प्रिण्ट गर्ने बेलामा ९१ र ९२ कसरी भयो रु’, काँग्रेस उम्मेदवार यादवका भाई सूर्यमान यादव भन्छन्, ‘पहिला जोड्दा हामी अगाडी थियौँ, तर निर्वाचनका कर्मचारीले उनीहरुलाई एकमतले जितायो र घोषणा पनि गरिहाल्यो ।’

काँग्रेस उम्मेदवार पक्षले बदर मतको विवरण माग्दा समेत नदिएको यादवको गुनासो गरे । ‘उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले माग्दा बदर मतको विवरण त दिनुपर्ने हो’, उनले भने ‘तर दिँदैनन, हाम्रै मान्छे मिलेका छन् ।’




भर्खरै