२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणना सकिँदा रुख अगाडि, घोषणा गर्दा छाताको जीत !



अ+ अ-

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. १ मा मतगणना प्रतिनिधी र कर्मचारीको विवरण फरक परेको भन्द काँग्रेसका उम्मेदवार जंगबहादुर यादव पक्षले पुनः मतगणनाको माग गरेका छन् ।

शनिबार बेलुका सम्पन्न मतगणनाको वास्तविक तथ्यांक फेरबदल गरी कर्मचारीले जितेको उम्मेदवारलाई १ मतले पराजित घोषणा गरेको भन्दै पुन मतगणनाको माग गरिएको हो ।

काँग्रेसका तर्फबाट मतगणनामा बसेका प्रतिनिधि दिलीप यादवका अनुसार मतगणना सकिँदा जनता समाजवादीका उम्मेदवार बाबुराम गडरियाको ९८७ मत र काँग्रेसका जंगबहादुर यादवको ९८८ मत थियो । सोही अनुसार काँग्रेस उम्मेदवार विजयी भएको भन्दै विजय जुलुसको तयारी समेत गरियो ।
तर केहीबेरपछि मतगणनामा खटिएका कर्मचारीले कम्युटर प्रिण्ट गरेको कागजमा गडरियाको ९९२ र यादवको ९९१ मत रहेको विवरण सार्वजनिक गरे । त्यसपछि भने विजेता भनेर विजयजुलुसको तयारी गरेका काँग्रेस कार्यकर्ता निराश भए ।

कर्मचारीले प्रिण्ट गर्ने बेला झुटो तथ्यांक राखेर प्रिष्ट गरेको काँग्रेस पक्षको आरोप छ । ‘पहिला ९८७ र ९८८ मत कर्मचारीले प्रिण्ट गर्ने बेलामा ९१ र ९२ कसरी भयो रु’, काँग्रेस उम्मेदवार यादवका भाई सूर्यमान यादव भन्छन्, ‘पहिला जोड्दा हामी अगाडी थियौँ, तर निर्वाचनका कर्मचारीले उनीहरुलाई एकमतले जितायो र घोषणा पनि गरिहाल्यो ।’

काँग्रेस उम्मेदवार पक्षले बदर मतको विवरण माग्दा समेत नदिएको यादवको गुनासो गरे । ‘उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले माग्दा बदर मतको विवरण त दिनुपर्ने हो’, उनले भने ‘तर दिँदैनन, हाम्रै मान्छे मिलेका छन् ।’