७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले दुई हजार ८६९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित हुनुभएको छ । उहाँ दुई हजार ५९८ मतसहित विजयी हुनुभएको हो ।

यसैगरी फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा९ माओवादी केन्द्र०का राजन लिम्बू निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार ६६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गर्नुभएको छ । नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले दुई हजार ३५८ मत प्राप्त गर्नुभएको छ ।