२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा धनराजको अग्रता कायमै



अ+ अ-

पोखरा । पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ८ हजार ६ सय ९३ मत गणना हुँदा आचार्य ३ सय ५७ मतान्तरले अगाडि छन् ।

पोखराको ८ हजार ६९३ मत गणना हुँदा आचार्यले ३ हजार ४६५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार १०८ मत ल्याएका छन् ।

यस्तै गठबन्धनबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३ हजार ६०० मत पाएकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले ३ हजार ५७५ मत ल्याएकी छन् ।