११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश



file
अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको उभौली पर्वले सम्पूर्ण नेपाली बीचको सामाजिक, सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको सन्देशमा नेपाली किरात समुदायको महान पर्व उभौलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

“प्रकृतिको ऋतुचक्रसँग तादात्म्य कायम गरी कृषिबाट जीवनवृत्ति गर्ने समुदायले ठूलो महत्वका साथ मनाउने उभौली पर्वले मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै प्रकृति र वातावरणको संरक्षणका लागिसमेत हामी सबैलाई उत्प्रेरित गर्दछ भन्ने मलाई लाग्दछ”, सन्देशमा भनिएको छ, “उभौलीजस्ता सांस्कृतिक पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुन गई बृहत् राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दछु ।”

किरात समुदायमा प्रकृति र पितृ पूजनको समृद्ध संस्कृति विद्यमान छ । गृष्म ऋतुसँगै वर्षातको मौसमसमेत प्रारम्भ हुने हुनाले उभौली पर्व मनाउने सिलसिलामा अन्नबाली सप्रियोस् । रोगव्याधि नलागोस् । सुख्खाखडेरी, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिहरू नआऊन भनी पितृ र भूमिको पूजा गर्ने परम्परा रहेको छ ।

जाडो यामको अन्त्य र गर्र्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमा ९ वैशाख पूर्णिमालाई उभौली पर्वको रूपमा मनाइन्छ । विशेषगरी पूर्र्वी पहाड र तराईका जिल्लाहरूका साथै काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायमा यो पर्वलाई भव्यताका साथ मनाउने गरिन्छ ।