२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा सभापोखरीमा गठबन्धन विजयी

अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी हुनुभएको हो ।

विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गर्नुभएको छ । सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मत प्रप्त गर्नुभएको छ । वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत ल्याएर पाराजित हुनुभएको हो । उहाँ यसअघि वडाध्यक्ष हुनुहुन्थ्यो । वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी हुनुभएको हो ।

त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गर्नुभएको छ । वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भएका हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गर्नुभएको छ ।

वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याउनुभएको छ । सुब्बा यसअघिका वडाध्यक्ष हुनुहुन्थ्यो । वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम (लिम्बू)ले ६७९ ल्याएर विजयी हुनुभएको छ भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पाराजित हुनुभएको छ । सङ्खुवासभामा १० स्थानीय तहमध्ये आठ स्थानीय नेकपा एमाले तहमा पाँच दलीय गठबन्धन भएको थियो भने दुई स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा भएको छ ।