• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

लुम्बिनी आउनुअघि मोदीले भने– भारत नेपाल सम्बन्ध अद्वितीय र अतुलतीय



फाईल फोटो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध अद्वितीय र अतुलनीय रहेको बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध निकै महत्वपूर्ण सभ्यतामा आधारित र जनस्तरमा पनि अतुलनीय रहेको बताएका हुन् ।

लुम्बिनी भ्रमणको एक दिनअघि मन्तव्य जारी गर्दै मोदीले दुई देशको सम्बन्धबारे यो धारणा राखेका छन् । भारतीय प्रधानमन्त्री मोदी सोमबार बिहान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउँदै छन् । भोलि विहान साढे १० बजे उनी लुम्बिनी आउने कार्यक्रम रहेको छ । मोदी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्री पनि हुन् ।

भारतीय प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा मोदीले भनेका छन्, ‘म बुद्धजयन्तीको पावन अवसरमा मायादेवी मन्दिरमा पूजाआजा गर्न पाउँदा उत्साहित छु । भगवान बुद्धको जन्मस्थलमा श्रद्धा अर्पण गर्न लाखौं भारतीयसँगै लुम्बिनी जान पाउँदा म गौरवको महशुस गरिरहेको छु ।’
मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा जलविद्युत्, विकास र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहयोग विस्तार गर्नेबारे कुराकानी गर्ने बताएका छन् ।

‘प्रधानमन्त्री देउवाको गत महिना उनको भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि म फेरि भेट्न पनि उत्साहित छु। हामी जलविद्युत, विकास र कनेक्टिभिटी लगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न हाम्रो साझा समझदारीलाई निरन्तरता दिनेछौँ’, भारतीय प्रधानमन्त्रीको कार्यालयबाट आज जारी वक्तव्यमा उनले भनेका छन् ।

यसैबीच सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदी पाँचौँपटक नेपाल भ्रमणमा आउनलागेका हुन् । २०१९ मा मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो ।