२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी आउनुअघि मोदीले भने– भारत नेपाल सम्बन्ध अद्वितीय र अतुलतीय



फाईल फोटो
अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध अद्वितीय र अतुलनीय रहेको बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध निकै महत्वपूर्ण सभ्यतामा आधारित र जनस्तरमा पनि अतुलनीय रहेको बताएका हुन् ।

लुम्बिनी भ्रमणको एक दिनअघि मन्तव्य जारी गर्दै मोदीले दुई देशको सम्बन्धबारे यो धारणा राखेका छन् । भारतीय प्रधानमन्त्री मोदी सोमबार बिहान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउँदै छन् । भोलि विहान साढे १० बजे उनी लुम्बिनी आउने कार्यक्रम रहेको छ । मोदी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्री पनि हुन् ।

भारतीय प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा मोदीले भनेका छन्, ‘म बुद्धजयन्तीको पावन अवसरमा मायादेवी मन्दिरमा पूजाआजा गर्न पाउँदा उत्साहित छु । भगवान बुद्धको जन्मस्थलमा श्रद्धा अर्पण गर्न लाखौं भारतीयसँगै लुम्बिनी जान पाउँदा म गौरवको महशुस गरिरहेको छु ।’
मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा जलविद्युत्, विकास र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहयोग विस्तार गर्नेबारे कुराकानी गर्ने बताएका छन् ।

‘प्रधानमन्त्री देउवाको गत महिना उनको भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि म फेरि भेट्न पनि उत्साहित छु। हामी जलविद्युत, विकास र कनेक्टिभिटी लगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न हाम्रो साझा समझदारीलाई निरन्तरता दिनेछौँ’, भारतीय प्रधानमन्त्रीको कार्यालयबाट आज जारी वक्तव्यमा उनले भनेका छन् ।

यसैबीच सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदी पाँचौँपटक नेपाल भ्रमणमा आउनलागेका हुन् । २०१९ मा मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो ।