• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   दाङमा दुई महिलाको हत्या ★   नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड ★   वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो ★   ‘क्यान्सरको उपचार गर्न’ हरिवंशले जसरी अरु विरामीले घर बेच्नु पर्दैन… ★   म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   रातो मछिन्द्रनाथ रथ तान्न सुरू ★   बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ ★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली

स्वामीकार्तिकमा कांग्रेस विजयी



बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरतबहादुर रोकाया र उपाध्यक्षका उम्मेदवार मैना जोशी विजयी भएको स्वामीकार्तिक खापर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अध्यक्षमा रोकायाले दुई हजार ११ मत ल्याएर विजयी हुनुभएको हो । प्रतिद्वन्द्वी नेकपा (एमाले) चतुर्भुज शाहीले एक हजार ७५७ मत प्राप्त गर्नुभएको थियो । वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का चिरञ्जीवी शाहीले एक हजार २८२ र स्वतन्त्र उम्मेदवार विमलबहादुर शाहीले ३१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै निर्वाचित उपाध्यक्ष मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी नेकपा ९एमाले०की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याउनुभएको छ । त्यस्तै वाम गठबन्धनको माओवादी केन्द्रका सुरेशबहादुर रोकाया एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिं विकले ४१ मत ल्याएका छन् ।

कांग्रेसका दुवै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए । विसं २०७४ मा निर्वाचित रोकाया अहिलेका समाजवादीका उम्मेदवार चिरञ्जीवी शाहीसँग पराजय हुनुभएको थियो ।

स्वामिकार्तिकमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन भएको थियो । गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)बाट र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार थिए । वडा नं १ र २ माओवादी केन्द्र तथा ३, ४ र ५ एकीकृत समाजवादीले वडाध्यक्षमा तालमेल गरेका थिए ।