८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वामीकार्तिकमा कांग्रेस विजयी



अ+ अ-

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरतबहादुर रोकाया र उपाध्यक्षका उम्मेदवार मैना जोशी विजयी भएको स्वामीकार्तिक खापर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अध्यक्षमा रोकायाले दुई हजार ११ मत ल्याएर विजयी हुनुभएको हो । प्रतिद्वन्द्वी नेकपा (एमाले) चतुर्भुज शाहीले एक हजार ७५७ मत प्राप्त गर्नुभएको थियो । वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का चिरञ्जीवी शाहीले एक हजार २८२ र स्वतन्त्र उम्मेदवार विमलबहादुर शाहीले ३१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै निर्वाचित उपाध्यक्ष मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी नेकपा ९एमाले०की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याउनुभएको छ । त्यस्तै वाम गठबन्धनको माओवादी केन्द्रका सुरेशबहादुर रोकाया एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिं विकले ४१ मत ल्याएका छन् ।

कांग्रेसका दुवै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए । विसं २०७४ मा निर्वाचित रोकाया अहिलेका समाजवादीका उम्मेदवार चिरञ्जीवी शाहीसँग पराजय हुनुभएको थियो ।

स्वामिकार्तिकमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन भएको थियो । गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)बाट र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार थिए । वडा नं १ र २ माओवादी केन्द्र तथा ३, ४ र ५ एकीकृत समाजवादीले वडाध्यक्षमा तालमेल गरेका थिए ।