५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार स्थगित भएका सात मतदान केन्द्रमा मतदान सम्पन्न



अ+ अ-

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । गत वैशाख ३० गते स्थगन भएका स्थलका ती मतदान केन्द्रमा मतदान भएको हो ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) मा सङ्कलित विवरणअनुसार जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्र्याङ्कोट मतदानस्थलको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका–२ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका–४ को रमालमष्टो मावि, स्युनाको एक मतदान केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिका–३ को जनता मावि, खार्दुपको एक मतदान केन्द्र, बझाङको जयपृथ्वी नगरपालिका सुनी वडा नं ७ को सुनीपीपल चौर माविको दुई मतदान केन्द्र रहेको छ ।

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये विभिन्न मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।