६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार स्थगित भएका सात मतदान केन्द्रमा मतदान सम्पन्न



अ+ अ-

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । गत वैशाख ३० गते स्थगन भएका स्थलका ती मतदान केन्द्रमा मतदान भएको हो ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) मा सङ्कलित विवरणअनुसार जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्र्याङ्कोट मतदानस्थलको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका–२ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका–४ को रमालमष्टो मावि, स्युनाको एक मतदान केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिका–३ को जनता मावि, खार्दुपको एक मतदान केन्द्र, बझाङको जयपृथ्वी नगरपालिका सुनी वडा नं ७ को सुनीपीपल चौर माविको दुई मतदान केन्द्र रहेको छ ।

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये विभिन्न मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।