१३ पुष २०८१, शनिबार
,
Latest
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’ पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा जनकपुरमा बेलायती राजदूत दम्पतीको वैवाहिक वर्षगाँठ, दौरा सुरुवाल र सारीमा सजिए अंग्रेजी नयाँ वर्षको अवसरमा शान्तिनगरमा अर्थोपेडिक्स अस्पतालको स्वास्थ्य शिविर पूर्वन्यायाधीश वस्तीको निधन ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग आइएमईबाट रकम पठाई विजेता बनेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले दियो १ करोड सिचुवानको जहाज र उराठिलो माछापुछ्रे सिचुवानको जहाज र उराठिलो माछापुच्छ्रे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरको लिम्चुङबुङ पालिकामा गठबन्धन उम्मेदवार विजयी



अ+ अ-

उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका पुष्पकुमार राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।

अध्यक्षका पदमा राई नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार राजकुमार राईलाई एक हजार ३३८ मतको विरुद्ध एक हजार ८१८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा राई एमालेकी उम्मेदवार गीता कार्कीलाई एक हजार ३१२ विरुद्ध एक हजार ६४० मत प्राप्त गरेर विजयी हुनुभएको मूख्य निर्वाचन अधिकृतको कायालय उदयपुरले बताएको छ ।