७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

उदयपुरका मुख्य निर्वाचन अधिकृतद्वारा मतगणना सम्पन्न नहुँदै राजीनामा

उदयपुरका मुख्य निर्वाचन अधिकृतद्वारा मतगणना सम्पन्न नहुँदै राजीनामा
अ+ अ-

उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिनुभएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृत खनालले आफूले स्वास्थ्यको कारण पदभार र कार्य पूरा गर्न नसकेको कारण देखाएर राजीनामा दिनुपरेको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

जिल्लाको ९८ मतदान केन्द्रको मतगणना कार्यहरु बाँकी रहेको र जिल्लाकै त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी मतदान केन्द्रमा शुक्रबार मतदान अधिकृतको लापरबाहीका कारण दुई हजार मतदाता मतदान गर्नबाट वञ्चित रहेपछि सो मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने राजनीतिक दलहरुको माग उठिरहेको बेला मुख्य निर्वाचन अधिकृत खनालले राजीनामा दिएको बताउनुभएको छ ।

जिल्लाको आठ पालिकामध्ये अहिले पनि त्रियुगा नगरपालिका, कटारी नगरपालिकासहित धेरै स्थानमा मतगणना नै सुरु भएको छैन भने त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी स्कुल मतदान केन्द्रमा निर्वाचन नै पुनः हुनसकेको बेला मुख्य निर्वाचन अधिकृतको राजीनामा आएको हो ।