१३ पुष २०८१, शनिबार
,
Latest
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह दक्षिण कोरियाली संसदद्वारा कार्यवाहक राष्ट्रपतिलाई महाभियोग लगाउने पक्षमा मतदान पूर्वन्यायाधीश वस्तीको निधन एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’ पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा जनकपुरमा बेलायती राजदूत दम्पतीको वैवाहिक वर्षगाँठ, दौरा सुरुवाल र सारीमा सजिए अंग्रेजी नयाँ वर्षको अवसरमा शान्तिनगरमा अर्थोपेडिक्स अस्पतालको स्वास्थ्य शिविर पूर्वन्यायाधीश वस्तीको निधन ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी



अ+ अ-

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षमा नेकपा(माओवादी केन्द्र)की अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी भएका हुन् ।

उक्त पालिका अध्यक्षमा विजयी अरुणादेवीले दुई हजार ८८१ मत र उपाध्यक्षमा विजयी खड्काले दुई हजार ८०५ मत प्राप्त गरेको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिएका छन् । उनीहरुका निटकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका शङ्खरबहादुर राईले दुई हजार ५७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले दुई हजार ४९५ मत प्राप्त गरेका छन ।

विसं २०७४ सालमा भएको निर्वाचनमा अरुणादेवी माओवादी केन्द्र र खड्का कांग्रेसबाट अध्यक्षमा उम्मेदवार रहनुभएको थियो । यसवर्षको निर्वाचनमा सत्ता गठबन्धनले अध्यक्ष र उपाध्यक्ष तथा पाँच वडाध्यक्षसहित बहुमत सदस्य जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्तबहादुर खड्काले १३ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका शङ्खबहादुर र विमलालाई एमालेले पुनः दोस्रो कार्यकालका लागि यथास्थानमा रहनेगरी उम्मेदवार बनाएको हो ।

जन्तेढुङ्गा गाउँपालिकाको ६ वडामध्ये एउटा वडामा मात्र एमालेको उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका विदुरमान राई दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी हुनुभएको हो ।