१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा रेनुको अग्रता कायमै, हालसम्म्म २०३८ मत प्राप्त



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ । पछिल्लो परिणामअनुसार रेनुले २०३८ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १९९८ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको खातामा ६६१ मत परेको छ । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२४० मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १६०२ मत पाएकी छन् ।

निर्वाचन आयोगका अनुसार भरतपुर महानगरपालिकामा स्थानीय निर्वाचनका लागि १ लाख ८५ हजार ७५२ योग्य मतदाता रहेका छन् । भने ३ लाख ६९ हजार ३७७ जनसङ्ख्या भएको महानगरपालिकामा २९ वटा वडा छन् ।