१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालबाट लोभ देखाएर ठगी



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन । त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ । 

हालैमात्र यसैगरी रु पाँच लाख १० हजार ठगी गरेको अभियोगमा भारत दार्जिङ सिलगुढीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यान्सी माइकलको नामबाट महिलालाई लोभ देखाएर विभिन्न प्रकारका उपहार पठाएको जानकारी गराउँदै कागजातसहित पार्सल ट्रयाकिङ गर्ने नम्बरसमेत दिएर ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

अनुसन्धानको क्रममा उनी सिलगुढीस्थित चर्चका पादरी रहेको खुल्न आएको छ । उनले क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग आएको भनी चर्चमा आएका महिलालाई खाता खोल्न लगाइ त्यस खातामा पैसा पठाउन लगाउने गरेका थिए । 

उनले महिलाको खातामा नगद जम्मा गरी महिलामार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।