चितवन । भरतपुरमा मतगणना सुचारु भएको छ । चितवनको भरतपुर महानगरपालिकामा बदर मत विवादका कारण मतगणना केहीबेरको अवरोधपछि अहिले पुनः सुचारु भएको हो ।
नेकपा (एमाले) ले बदर मतलाई सदर गर्नुपर्ने विवाद झिकेपछि जारी मतगणना स्थगित भएको थियो ।
निर्वाचन प्रमुखले मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएको भन्दै मत बदर गरेपछि विवाद उत्पन्न भएको थियो ।