काठमाडौं । नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको नर्भिक अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले एक बिज्ञप्ति जारी गर्दे चौधरी निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउनु भएको छ ।