११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन



अ+ अ-

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो ।

न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन । ती तीन स्थानका मतपेटिका आज नेपाली सेनाको हेलीकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्रमा ल्याइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार संकलित मतपेटिकाको मतगणनाकार्य आजै बेलुकासम्म सुरु गरिने छ ।

यसैबीच हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार ८१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाही एक हजार १८५ मतले पराजित हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा (माओबादी)का ज्ञानबहादुर सिंह एक हजार ८७१ मतले विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।