• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

नेपालगञ्जमा कांग्रेसकै अग्रता



नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गर्नुभएको छ ।

राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाउनुभएको छ ।

उपप्रमुखमा जसपाका कमरुद्दिन राईले एक हजार ४४२, राप्रपाकी विन्दु चर्तीमगरले एक हजार ८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गर्नुभएको छ । वडा नं २२ र २३ को मतगणना सकिएको छ ।

अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा रहेका ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो ।

मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिनुभयो ।