५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद २ मा एमालेको प्यानलै विजयी



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । सार्वजनिक मतपरिणामअनुसार एमालेबाट वडाध्यक्ष उम्मेदवार दिनेश कुमार थापा १ हजार ५६१ मतसहित निर्वाचित भए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भिम बहादुर थापाले ६ सय ५६ मत ल्याए ।

यस्तै, खुल्ला सदस्यमा मेख बहादुर थापा १ हजार ३४१, प्रेम राना एक हजार २९८, दलित महिला सदस्य सुष्मा नेपाली १ हजार ७१ र महिला सदस्य स्यानीमाया थापा १ हजार ४७८ मतसहित विजयी बने ।

सो वडामा नेकपा एमालेबाट मेयर उम्मेदवार दधिराज सुवेदीले १ हजार ३३२ मत ल्याए भने उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ६१९ मत ल्याए । यस्तै, उपमेयरमा एमालेकी शारदा खनालले १ हजार ३३३ मत ल्याइन् भने कांग्रेसका मिलन आलेले ८३७ मत ल्याएका छन् ।

यसअघि भिमादको ३ नम्बर वडामा पनि एमालेका पदम राज सेनको प्यानलै विजयी बनेको छ ।




भर्खरै