१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । 

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पार्नु भयो । नेपाली काँग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिनु भयो । 

उहाँले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक पटक दोहो¥याउनु भयो । नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अव सभापति भएर काम गर्न चाहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन है । मैले भने सबै नेताहरुलाई हामी सम्मान गछौं । त्याग, तपस्या, कुर्वानी उहाँहरुले डेमोक्रेसी ल्याउनका लागि गर्नु भएको छ । त्यसप्रति सम्मान छ । 

तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ । यदि हामीले यो लथालिंग अवस्थामा१४ औं महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौ भने यो पार्टी प्रजापरिषदको बाटोमा जान धेरै दिन लाग्दैन है । त्यही कारणले गर्दाखेरी मैले अनुभव बोकेको छु, देखेको छु । पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि चाँही ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ भन्ने मैले आफ्नो अनुभवबाट कन्क्लूजन ड्र गरेर अव चाँही ‘नम्बर वान म्यान’ भएर नेपाली काँग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागि रहेको छु ।’

नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अव सभापतिमा उम्मेदवारी दिने योजना बनाएको तर्क समेत गर्नु भयो । उहाँले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने बताउनु भयो । नेता सिंहले पार्टी नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरी पनि सार्ने षडयन्त्र गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।