• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo
Latest
★   केदारनाथ जाने बाटोमा ढुंगा खसेर लाग्दा ३ श्रद्धालुको मृत्यु, ८ घाइते ★   न्युरोडमा फुटपाथ विस्तारविरुद्ध सडकबाटै काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन ★   पाकिस्तानी खेलाडीले ग्लोबल टी–२० लिग खेल्न नपाउने ★   काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरीहरु सुधार गर्नुपर्छ: महामन्त्री थापा ★   काँग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ: सभापति देउवा ★   एकैदिन एक हजार तीन सयले घट्यो सुनको मूल्य ★   डिभोर्सपछि हार्दिकले भने – नताशासँग बस्न धेरै धैर्यता चाहिन्छ ★   राहुघाट आयोजनाको मुख्य सुरुङ प्राय: पूरा ★   अफ्रिका महादेशमा १५ लाख शिक्षकको अभाव ★   ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

खोटाङमा बालेनको जित र हारमा खसीको बाजी !



काठमाडौँ । स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पद अहिले सर्वाधिक चासोको विषय बनेको छ । पाँच दलीय सत्ता गठबन्धन र नेकपा (एमाले) का लागि पनि प्रतिष्ठाको विषय बनेको यहाँको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाउँदै गर्दा यो महानगरपालिका मात्र नभई मुलुकभर यसको बढी चर्चा भएको छ ।

पछिल्लो मतगणनामा स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार ४५७ मत हासिल गर्दा एमाले उम्मेदवार केशव स्थापितले एक हजार ४२७ र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार १६८ मत पाउनुभएको छ । त्यसैले यसपटकको निर्वाचनमा काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनले मेयर पद उछिट्याउने हुन् की भन्ने अनुमान गरिएको छ ।

यसैबीच काठमाडौँ महानगरको निर्वाचनमा भइरहेको मतगणनालाई लिएर खोटाङमा बालेनको जित र हारलाई लिएर बाजी परेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का विजय फुँयाल र सोही वडा बस्ने रमेश खड्का बीच बाजी परेको छ ।

साक्षी किनारा राखी गरिएको कागजअनुसार यदि बालेन शाहले मेयर पदमा जिते खड्काले २८ केजीको खसी दिने र बालेनले नजितेको अवस्थामा फुँयालले खड्कालाई २८ केजी खसीको मूल्यबराबर रकम भुक्तानी गर्ने सहमति भएको छ ।