२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङमा बालेनको जित र हारमा खसीको बाजी !



अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पद अहिले सर्वाधिक चासोको विषय बनेको छ । पाँच दलीय सत्ता गठबन्धन र नेकपा (एमाले) का लागि पनि प्रतिष्ठाको विषय बनेको यहाँको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाउँदै गर्दा यो महानगरपालिका मात्र नभई मुलुकभर यसको बढी चर्चा भएको छ ।

पछिल्लो मतगणनामा स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार ४५७ मत हासिल गर्दा एमाले उम्मेदवार केशव स्थापितले एक हजार ४२७ र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार १६८ मत पाउनुभएको छ । त्यसैले यसपटकको निर्वाचनमा काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनले मेयर पद उछिट्याउने हुन् की भन्ने अनुमान गरिएको छ ।

यसैबीच काठमाडौँ महानगरको निर्वाचनमा भइरहेको मतगणनालाई लिएर खोटाङमा बालेनको जित र हारलाई लिएर बाजी परेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का विजय फुँयाल र सोही वडा बस्ने रमेश खड्का बीच बाजी परेको छ ।

साक्षी किनारा राखी गरिएको कागजअनुसार यदि बालेन शाहले मेयर पदमा जिते खड्काले २८ केजीको खसी दिने र बालेनले नजितेको अवस्थामा फुँयालले खड्कालाई २८ केजी खसीको मूल्यबराबर रकम भुक्तानी गर्ने सहमति भएको छ ।